विजेशले ल्याए ‘मेरो गीत’


bijesh-poudelग्ल्यामर नेपाल, काठमाडौं । गायक, संगीतकार, भिडियो सम्पादक तथा निर्देशक विजेश पौडेलले आफ्नो तेस्रो सोलो एल्बम ‘मेरो गीत’ लिएर संगीतका श्रोतामाझ आएका छन् । ‘सलोनी(२०६३)’ र ‘मनको पाना(२०६८)’ पछि उनले ‘मेरो गीत’ ल्याएका हुन् । राजधानीमा सोमबार आयोजित कार्यक्रममा वरिष्ठ गायिका कुन्ती मोक्तान, देविका बन्दना, विजेश, संगीतकार राजु सिंह, गीतकार योगेन्द्रमणि दाहाल, सञ्चारकर्मी सइन्द्र श्रेष्ठ, संगीतकार राजन इशान र मोडल वर्षा शिवाकोटीले एकसाथ सार्वजनिक गरे ।

एल्बममा ‘दिन ढलोस्’, ‘मनको पाना’, ‘पागल पागल’, ‘गहिरो गहिरो’ र ‘मेरो भावना’ बोलका गीत छन् । गीतमा भूपेन्द्र खड्का, योगेन्द्रमणि दाहाल र उनको आफ्नै शब्द रहेको छ भने संगीत राजु सिंह र विजेश आफैले दिएका छन् । ‘मनको पाना’ गीतमा देविका बन्दनाको पनि स्वर रहेको छ । एल्बमका दुई गीतमा विजेशकै निर्देशन रहेको छ भने एक गीतमा प्रदिप निरौला र अर्को गीतमा सईन्द्र श्रेष्ठको भिडियो निर्देशन रहेको छ ।

कार्यक्रममा गायक विजेशले विभिन्न गीत सुनाएका थिए भने ‘दिन ढलोस्’बोलको गीतको म्युजिक भिडियो पनि देखाइएको थियो । प्रदिप निरौलाले निर्देशन गरेको भिडियोमा वर्षा शिवाकोटी र विजेशले अभिनय गरेका छन् भने भिडियोको छायांकन हरि हुमागाईले गरेका हुन् । जसमा सम्पादन भरतमणि रेग्मीको रहेको छ ।

SUBSCRIBE 👉