गायिका ज्योति मगरको तस्बिर तहल्का !


Jyoti Magar | Photo Source:   Onlinekhabar

Jyoti Magar | Photo Source: Onlinekhabar

ग्ल्यामर नेपाल, गायिका ज्योति मगर ले मंगलबार दिउँसो आफ्नो फेसबुक फ्यान पेज मा आफ्ना आकर्षक तस्बिर अपलोड गर्दै समाजले महिला तथा पुरुषलाई हेर्ने नजरमाथि तीखो ब्यंग्य कसेकी छिन्। तस्बिरसहितको लामो स्ट्याटसमार्फत ज्योतीले फेसबुकमा ती तस्बिरका लागि आउने प्रतिक्रियाको सामना गर्ने खुलाशा समेत गरेकी छिन्।

उनले स्ट्याटसमा भनेकी छिन्
‘गीत गाउनु मेरो पेशा हो र मोडलिंग मेरो प्याशन।’ ‘हाम्रो संस्कृतिमा नग्न पुरुष (नागा बाबा) को पुजा गर्ने चलन अति लोकप्रिय छ, लिंगमा ढोग गरेर आशिर्वाद माग्ने परम्परामा रमाउनेहरु नारी देहलाई किन देखी सहँदैनन् ? ‘टुँडालमा मैथुनरत मुर्ति राखेर मन्दिर सजाउने परम्परा भएकाहरुले नै नारी शरीरको यति धेरै आलोचना किन गर्छन् ?’ भन्ने जिज्ञासा समेत राखेकी छिन्।

उनले भनेकी छिन् – ‘म मेरो फेसबुकमा हेरिरहेछु मान्छेहरु कतिसम्म गिर्न सक्छन् र कुन हदसम्म गालि गर्न सक्छन्। मलाई नराम्रो भन्नेहरुलाई पनि मैले कहिले नराम्रो भन्दिन। यहाँसम्म कि मलाइ गालि गरिएका कमेन्टहरु डिलिट पनि गर्दिन। सायद समयले मेरो सहनशिलताको परिक्षा लिइरहेको छ।’

केहि समय अगाडी रिलिज गरिएको ज्योति मगरको ग्ल्यामरस म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉