उर्मिलाले ल्याइन सगरमाथाको सौगात


Urmila-khaling1ग्ल्यामर नेपाल, काठमाडौं । सोलुखुम्बु घर भई हाल ब्रुनाई बस्दै आएकी उर्मिला खालिङले ‘सगरमाथाको सौगात’ नामक आधुनिक गीति संग्रह श्रोतामाझ ल्याएकी छन् । एल्बमको बुधबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रियगानका गीतकार व्याकुल माइला, प्राज्ञ तथा संगीतकार शान्तिराम राई, संगीतकार महेश खड्का, वरिष्ठ गीतकार हरिभक्त बुढाथोकी र गायिका उर्मिलाले एल्बमको संयुक्त रुपमा विमोचन गरे ।

एल्बममा ‘सोलुखुम्बु’, ‘आप्पा आम्मा’, ‘न मैले सके’, ‘मायालुलाई’ र ‘भन मैले’ बोलको गीत रहेको छ । जसमा शब्द र संगीत महेश खड्काको छ । एक गीतका गीतकार भने बेनामे रहेका छन् । खड्काका अनुसार एल्बमको काम भइरहेको बेला एकदिन बेनामे गीत आएको र उक्त गीतकारको खोजी गर्दा नभेटेपछि एल्बममा नाम नराखेको खुलाए ।

Urmila-khalingव्याकुल माइलाले संगीत क्षेत्रमा नारी स्रष्टाको प्रवेश हुनु आफैमा स्वागतयोग्य कुरा रहेको बताउँदै उर्मिलालाई आफुले प्रतिभावान कलाकारको रुपमा देखेको दाबी गरे । एल्बमलाई जेनियस डिजिटल म्युजिकले बजारमा ल्याएको हो ।

SUBSCRIBE 👉