गीतकार डब्बुले ल्याए झरी एल्बम


Jhari-Dabbuग्ल्यामर नेपाल, काठमाडौं । सञ्चारकर्मी एवं फिल्म निर्देशक डब्बु क्षत्रीले आफ्नो एकल रचनामा श्रृङ्गारिक गजल संग्रह ‘झरी’ स्रोतामाझ ल्याएका छन् । जसमा जुगल डंगोलको एकल संगीत रहेको छ । एल्बमको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटा र गजलकार प्रा. डा. कृष्णहरि बरालले राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा एक समारोह माझ बुधबार लोकार्पण गरे ।

कार्यक्रममा गीतकार तथा विन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मीलाई ‘संगीतकर्मी सम्मान–२०७१’, सौन्दर्यकर्मी शुष्मा महरालाई ‘सौन्दर्यकर्मी सम्मान–२०७१’ र समाजसेवी सुमित्रा बस्नेतलाई ‘सेवा सम्मान–२०७१’बाट सम्मानित गरियो । यी तीन स्रस्टालाई विलक्षण क्रियसन र आर्टोम्युज रेकर्डिङ स्टुडियोका तर्फबाट संयुक्त सम्मान गरिएको थियो । आफुसँग केही फिल्ममा काम गरेका क्षत्रीको झरी भित्रका गजल कर्णप्रिय रहेको बासकोटाले बताए । डा. बरालले गजलको महत्व बारे प्रकाश पार्दै गीत लेखनको दुई दशकपछि ढिलै भए पनि क्षत्रीले स्तरीय गजल ल्याएको बताए । गजलकार क्षत्रीले यो संग्रह तयार गर्न पाँच वर्ष लागेको जानकारी गराए । गजल श्रव्य माध्यम भएकाले पनि आफुले स्रोतामाझ ल्याएको उनले प्रकाश पारे।

Subash-Regmiसंग्रहमा ‘साउनको भेल जस्तो’, ‘झमझम झरी वर्षिरहेको’, ‘झरीले रुझ्दा पनि’, ‘तिमीसँग सुन्दरताको’ र ‘धेरै रोएँ तिम्रो यादमा’ बोलका गजल छन् । जसमा राजेशपायल राई, निशा देशार, दीपक लिम्बु, दुर्गा खरेल, अञ्जना गुरुङ र नव गायक फुपु तेन्जिङ शेर्पाको स्वर रहेको छ । एल्बमलाई विन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको हो । बिमोचन समारोहमा ‘झरीले रुझ्दा पनि’ गजलको भिडियो रिलिज गरिएको थियो । क्षत्री आफैंले निर्देशन गरेको यो भिडियोमा नविन लम्साल र रुपा खनालको अभिनय छ ।

SUBSCRIBE 👉