सगुनको यादमा डुबे उजन


Ujanग्ल्यामर नेपाल, काठमाडौं । प्रेमीले प्रेमिकालाई सम्झनु कुनै नौलो कुरा होईन् । प्रेमिकालाई बिर्सन खोजे पनि उसको याद हरपल प्रेमीलाई आई नै रहेको हुन्छ । झापाली गायक उजन नेम्बाङव पनि हालै श्रीकाली चौर र भैसेपाटीमा आफ्नो प्रेमिकालाई ‘तिम्रो याद अझै आउँछ’ भन्दै सम्झदै थिए । जहाँ उनको एल्बम ‘तस्वीर’को म्युजिक भिडियो सुटिङ भइरहेको थियो ।

उनको प्रेमिकाको भूमिका निभाउँदैथिईन्, नायिका सगुन शाहीले । पहिलोपटक पप फ्लेबरको गीतमा मोडलिङ गरेकी सगुन भिडियोमा निकै रमाइरहेकी थिईन् । नरेश भट्टराईको शब्दमा ताराप्रकाश लिम्बुको संगीत रहेको गीत ट्राजेड़ी फ्लेबरको भएको गायक उजनले बताए । शैलेन्द्र खोखालीले निर्देशन गरेको भिडियोका छाँयाकार श्रीधर पौडेल हुन् । भिडियो चाँडै सार्वजनिक हुने गायकले जानकारी दिए ।

SUBSCRIBE 👉