‘वास्तव’मा गरिमा अनुबन्धित


Garima-Pantaग्ल्यामर नेपाल, काठमाडौं । सामाजिक कथाबस्तुमा फिल्म ‘वास्तव’ बन्ने भएको छ । गत शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा फिल्म निर्माणको घोषणा गरिएको हो । फिल्ममा निरज घिमिरेको निर्देशन र सञ्चारकर्मी प्रणप सुवेदीको सहायक निर्देशन रहनेछ ।

फिल्मका प्रस्तुतकर्तामा गोपालबहादुर स्याङत्याङ रहेका छन् । हेटौडा, पोखरा, मुडे र काठमाडौका रमणीय स्थानहरुमा छायांकन गरिने फिल्ममा विरेन डिसी, आयुष रिजाल, नायिका गरिमा पन्त, उत्तम खड्का, सुनिल दत्त पाण्डे लगायतको अभिनय रहने छ । टंक बुढाथोकी र मनोजराज भण्डारीको संगीत रहने फिल्ममा पवन गौतमको छायांकन र हिमाल केसीको द्वन्द्व रहने छ ।

SUBSCRIBE 👉