सुन्दरतामा ३० हजार पाउण्ड खर्च


Rihanna-Hotआरएण्डबी स्टार रिहानाको बारेमा एउटा नयाँ रोचक निजी कुरा सार्वजनिक भएको छ । समाचार अनुसार उनी हरेक हप्ता आफ्नो सुन्दरता बढाउन ३० हजार पाउण्ड रकम खर्च गर्दिरहिछन् ।

कन्ट्याक्ट म्युजिकका अनुसार ‘डायमण्डस्’बाट चर्चित बनेकी २६ वर्षीया गायिका धेरै सौन्दर्य विशेषज्ञबाट सेवा लिने गरेकी छन् । जसमा छाला विशेषज्ञ, आँखा विशेषज्ञ पर्दछन् । जब रिहानालाई यी सेवाको आवश्यकता पर्छ, तब विशेषज्ञहरु उनको अगाडि उपस्थित भईसक्छन् ।

समाचार अनुसार आँखाको सौन्दर्यसँग सम्बन्धित विशेषज्ञ २४ घण्टा, ७ दिन उपलब्ध हुन्छन् । रिहाना अनुहारको सौन्दर्यका लागि लेजर स्किन टाइटनिङ विधि, अक्सिजन फेशियल, फोटो फेशियल र निकै खतरनाक रहेको वेम्पायलर फेशियल पनि प्रयोग गर्दछिन् ।

SUBSCRIBE 👉