वर्कशपमा ‘लभ हो यो’


Love-Ho-Yoग्ल्यामर नेपाल, काठमाडौं । इञ्जोय मुभिको व्यानरमा निर्माण हुन लागेको फिल्म ‘लभ हो यो’को हाल धमाधम वर्कसप चलिरहेको छ । बटुककृष्ण कार्की र सरोज राज आचार्य निर्माता रहेको फिल्मका कलाकारहरु यतिबेला राजधानीको डिल्लीबजारस्थित माइकल स्टेप अप आर्टस एकेडेमीमा वर्कसपमा व्यस्त छन् ।

फिल्मका लेखक तथा निर्देशक विभु श्रेष्ठका अनुसार यो फिल्ममा टाढा–टाढा स्थानमा रहेका प्रेमी प्रेमिकाबीचको रोचक प्रेम कथा प्रस्तुत गरिनेछ । ‘केटाकेटी छुट्टाछुट्टै निकै टाढा ठाउँमा गरिएको प्रेमलाई पर्दामा प्रस्तुत गरिनेछ,’निर्देशक श्रेष्ठले भने,‘भेट हुने सम्भावना नरहँदा नरहँदै पनि उनीहरु कसरी एकापसमा प्रगाढ प्रेम गर्छन् भन्ने कुरा फिल्ममा देखाइनेछ ।’ श्रेष्ठले वर्कसप झण्डै एक महिना चल्ने बताए । ‘अभिनय, नृत्यदेखि फिल्मका हरेक पक्षका बारेमा वर्कसपमा छलफल गरिरहेका छौं ।’ उनले भने ।

फिल्ममा प्रितम खड्का, अमेरिना कार्की, परिना राई, निरामिका कोइराला प्रमुख कलाकार रहेका छन् । छठ लगत्तै सुटिङका लागि फ्लोरमा जाने फिल्ममा सन्तोष प्रगाढको संगीत, माइकल चन्दको कोरियोग्राफी, सुवास जिसीको पटकथा रहनेछ । फिल्मको छायांकन पोखरा र काठमाडौंमा हुने निर्माण पक्षले जनाएको छ ।

SUBSCRIBE 👉