रेविका र अबिन बने बिजेता


Winner-Photoग्ल्यामर नेपाल, काठमाडौं । राजधानीमा हालै एकसाथ सम्पन्न युवती र बालबालिकाहरुबिचको सौन्दर्य स्पर्धा ‘नेपाल्स फेस अफ द इयर २०१४’ को उपाधी रेविका परियार र ‘नेपाल्स चिल्ड्रेन अफ द इयर २०१४’ को उपाधी अबिन गुरुवाचार्यले जितेका छन् । रिबन ईन्टरनेनमेण्ट प्रा.लि को आयोजनामा राजधानीमा आयोजित फाईनल कायक्रममा अन्य प्रतिस्पर्धीलाई पछि पार्दे रेविका र अबिनले सो उपाधी जितेका हुन् । यस्तै ‘फेस अफ द ईयर’का लागि ‘फस्ट रनरअप’मा सुवानी प्रधान भईन भने एलिशा थपलियाले ‘सेकेण्ड रनरअप’मा चित्त बुझाईन् ।

यस्तै ‘मिस क्याटवाक’ सजित ब्रजाचार्य, ‘बेस्ट हेयर’ पे्ररणा देसर, ‘मस्ट फ्रेन्डी’ एलिशा थपलिया, ‘मस्ट पपुरलर’ सुवानी प्रधान, ‘बेस्ट स्किन’ स्मृति ब्रजाचार्य, ‘मिस ट्यालेण्ट’ रेविका परियार, ‘बेस्ट स्माईल’ सन्जु भट्ट, ‘मिस फोटोजेनिक’ संगिता देउला, ‘बेस्ट फिजिक’ सन्दिप कार्की, ‘बेस्ट डिसिपिलिन’ पासाङ डोमा मोक्तान, ‘बेस्ट स्पिच’ सिम्रिका क्षेत्री, ‘बेस्ट फिटनेश’ अनामिका गुरुङ, ‘मिस ब्युटिफुल’ प्रेरणा देसार, ‘फेसबुक च्वाईस’ निहारिका आचार्य, ‘भ्यूअर च्वाईस’ सुजिता श्रेष्ठ, ‘मिस कग्निलिटी’ निकिता कार्की, ‘बेस्ट आर्टवर्क’ सुजिता तिमल्सिना र ‘म्यानेजमेण्ट च्वाईस’ उरिजु शाक्य बनिन् ।

‘नेपाल्स चिल्ड्रेन अफ द इयर’का लागि बालकतर्फ ‘फस्ट रनरअप’ कोबितभुषण पाठक र बालिकातर्फ उत्साह घिसिङले उपाधी जिते भने ‘सेकेण्ड रनरअप’मा बालकतर्फ उत्सव शाह र बालिकातर्फ श्रुति शाहले चित्त बुझाए । यसैगरी ‘बेस्ट स्किन’ सिम्रिका बस्नेत, ‘मिस्टर ह्याण्डसम’ कोबितभुषण पाठक, ‘मिस ब्युटिलफुल’ उत्साह घिसिङ र ‘मस्ट पपुलर’ मिधा आचार्य, ‘मिस ट्यालेण्ट’ र ‘मिस फोटोजेनिक’ अभिसी पन्त, ‘बेस्ट स्माईल’ प्रिया दास, ‘मिस्टर फोटोजेनिक’ समभृषण शाहनी, ‘फेसबुक च्वाईस’ श्रुति शाह, ‘क्युटेस्ट बेबि अफ द इयर’ अनुश्री राना मगर, ‘बेस्ट पर्सानालिटी’ सनिला शेर्पा, ‘बेस्ट आर्टवर्क’ अबिन गुरुवाचार्य, ‘बेस्ट हेयर’ आयुसा चापागाई र ‘म्यानेजमेण्ट च्वाईस’ उत्सव शाह बने ।

प्रतियोगितामा गायक भरत समारी, एस.वाई.के समुह र नेवाज अन्सारीको प्रस्तुतिले उपस्थित दर्शकलाई मनोरन्जन दिएको थियो । प्रतियोगितको निर्णायक मण्डलमा हेयर डिजाईनर निलडेभिड कटवाल, नायक सुमन सिहं, इभेण्ट म्यानेजर पालदेन शेर्पा, प्रथम महिला निर्देशक सुचित्रा श्रेष्ठ, नृत्य निर्देशक उषा चन्द र मोडेल आरुची बुढाथोकी रहेका थिए ।

SUBSCRIBE 👉