बेड रेस्टमा नम्रता । एक्सन कट्मा फर्कन केही समय लाग्ने


Namrata-Shrestha

Namrata Shrestha

ग्ल्यामर नेपाल, काठमाडौं ।
टाइफाइडमा थलिएकी नायिका नम्रता श्रेष्ठ नर्भिक अस्पतालबाट डिस्चार्ज भई घरमा आराम गरिरहेकी छिन। चिसोबाट संक्रमित भएपछि दसैंमा उनलाई अस्पताल भर्ना गरिएको थियो । परवारका सदस्यका अनुसार उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। चिकित्सकले धपेडीबाट टाढा रहेर अझै केही हप्ता आराम गर्न सल्लाह दिएका छन्। सोही कारण उनी एक्सन कट्मा फर्कन केही समय लाग्ने भएको छ। दशैंअघि नम्रताले वसन्तपुर डबलीमा भएको कन्सर्ट होस्ट गरेकी थिइन्। सँगै फिल्म र म्युजिक भिडियोमा पनि व्यस्त थिइन्। केही समय अगाडि उनको पत्थरीको पनि शल्यक्रिया गरिएको थियो।

SUBSCRIBE 👉