बाबुको रेस्पेक्ट – ठुलालाई सम्मान सानालाई माया


Babu Bogatiग्ल्यामर नेपाल, काठमाडौँ ।
गायक तथा नायक बाबु बोगटीले आफ्नो गायन यात्रालाई पनि चलचित्र अभिनय संग संगै अगाडि बढाइरहेका छन्। हालै उनले आफ्नो पाचौ एल्बम “रेस्पेक्ट – ठुलालाई सम्मान सानालाई माया ” सार्बजनिक गरेका छन्। उनले तिहारको अवसर पारेर दर्शकका लागि आफ्नो पाचौ एल्बम ‘रेस्पेक्ट’ कोशेली स्वरूप बजारमा ल्याएको बताए। एल्बममा ७ वटा गीत छन्। तर, संचारमाध्यममा एउटा मात्र गीत सार्वजनिक गरेको बाबुले बताए।

सार्बजनिक भएको ‘साली ओ साली’ बोलको गीतलाई बासुदेव मुनालले लेखेका हुन्। गीतको भिडियोमा बाबुको साथमा नीता ढुंगाना, उत्तम गजमेर र दिनु राईले मोडलिड गरेका छन्।

चलचित्र “बाटो मुनिको फुल” बाट डेब्यु गरेका बोगटी अभिनित पछिल्लो चलचित्र ‘हमजाएगा’ मंसिर ५ गतेबाट प्रदर्शनमा आउँदैछ। सिनेमा र एल्बमको प्रचारमा एकसाथ लाग्ने उनको भनाई छ।

SUBSCRIBE 👉