एनआरएन नेपाली तारा वीरेन्द्रको सांगीतिक विचार


Bichar-Birendra-shresthaग्ल्यामर नेपाल, काठमाडौं । कतारमा रहेर गायन क्षेत्रमा सक्रिय युवा गायक वीरेन्द्र श्रेष्ठले ‘विचार द थट’ नामक डेब्यु एल्बम श्रोतामाझ ल्याएका छन् । एल्बमको राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान, संगीतकार राजु सिंहलगायतले विमोचन गरे ।

‘एनआरएन नेपाली तारा कतार २०१३’ का विजेता गायक श्रेष्ठको एल्बममा ‘विचारमा विचार’, ‘आफु रोएर’,‘विष पिएर ढल्दा’, ‘रातै भरी’, ‘नो चान्स’ र ‘आकाश खस्यो’ बोलको गीत रहेका छन् । ‘नो चान्स’ र ‘आकाश खस्यो’मा क्रमशः गायिका मिलन अमात्य र रजिना रिमालले पनि स्वर दिएका छन् । गौरव दर्पण, अर्जुन पोखरेल र बसन्त सापकोटाको संगीत रहेको एल्बममा भावना पाठक, आनन्द श्रेष्ठ, चर्चित, गौरव दर्पणको शब्द रहेको छ ।

रेस्क्यू क्रियशनले बजार ब्यवस्थापन गरेको एल्बममा रहेको ‘आफू रोए पनि…’बोलको गीतको म्यूजिक भिडियोको निर्देशन समन अधिकारीले गरेका छन् । जसमा नवनायिका शिल्पा पोखरेल र मोडल पल शाहले अभिनय गरेका छन् । भिडियोको सम्पादन निशान घिमिरे र छायांकन शिवराम श्रेष्ठले गरेका हुन् ।

SUBSCRIBE 👉