हङकङमा इन्फा अवार्ड, उद्धवलाई ५ लाखको सम्मान


infa-awardग्ल्यामर नेपाल,काठमाडौ । नेपाल चलचित्र प्राविधिक संघले आगामी कार्तिक ३ गते ‘सातौं नेफ्टा अवार्ड’ गर्ने अन्तिम तयारी गरिरहेको बेला त्यसको ६ दिनपछि हङकङमै ‘इन्फा अवार्ड २०७०’ हुने भएको छ । इन्फाले आयोजना गर्न लागेको २० विधाको अवार्डको उत्कृष्ठ ५ को मनोनयन राजधानीमा सार्वजनिक गरिएको छ ।

Minendra-Rijal इन्फाले नेपाल क्लब हङकङसँग सहकार्य गर्दै हङकङस्थित युगल थिएटरमा अवार्ड गर्न लागेको हो । कार्यक्रमका प्रमुख अतिथि सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाले अवार्डले नेपाली फिल्मको स्तर बढाउनुको साथै फिल्म र कलाकारलाई अन्तर्राष्ट्रिय बजारमा लैजान महत्वपूर्ण भूमिका खेल्ने बताए ।

Priyanka-Karki-Danceनेपाल क्लब हङकङकी अध्यक्ष रिता गुरुङले पहिलो ‘इन्फा अवार्ड’ हङकङमा गर्न पाउदा निकै खुसी लागेको बताईन । कार्यक्रममा दिइएको जानकारी अनुसार अवार्डमा ५ लाख रुपैंयाँसहितको लाइप टाइम अचिभमेन्ट अवार्डबाट गोपीकृष्ण मुभिजका प्रमुख तथा निर्माता उद्धव पौडेललाई सम्मान गर्ने भएको छ । मनोनयन सार्वजनिक कार्यक्रममा हाँस्यकलाकार जितु नेपाल र विल्सनविक्रम राईले हँसाएका थिए भने प्रियंका कार्की, नन्दिता केसी, केकी अधिकारी, यशराज गरच, नरेशवीर सिंहलगायतले नृत्य देखाएका थिए ।

SUBSCRIBE 👉