लिटिल प्रिन्सले देखाए प्रतिभा


Little-Princeग्ल्यामर नेपाल, काठमाडौं ।
बालकहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना भइरहेको ‘लिटिल प्रिन्स नेपाल’को तेस्रो संस्करणमा छनौंट भएका ९ देखि १३ वर्ष उमेर समूहका १४ जनाले आफ्नो प्रतिभा देखाएका छन् । अडिसनमा छनौट भएका छन् ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा हुन लागेको प्रतियोगिताका सहभागीले गत शनिवार कुपण्डोलस्थित सनराइज क्याफेमा प्रतिभा देखाएका हुन् । सहभागीहरुले नृत्य, गायन, वक्तृत्व कला, वाद्यवादन, चित्रकला आदिमार्फत आफ्नो प्रतिभा देखाएका थिए । कार्यक्रमका निर्णायकहरुमा कोरियोग्राफर गम्भीर विष्ट, गायक सपन श्रेष्ठ, मोडल/कोरियोग्राफर लक्ष्मी बस्नेत र हिमालय प्रिन्सेस नेपाल २०१४ कि विजेता स्वर्णिमा शाक्य रहेका थिए । प्रतियोगिताको विजेताहरुलाई विभिन्न विज्ञापनहरुमा अवसर प्रदान गरिने संस्थाकी अध्यक्ष रुस्का वैद्य श्रेष्ठले बताईन् ।

सहभागीहरुलाई कोरियोग्राफर राज फैजूले ग्रुमिङ गरिरहेका छन् । उनका अनुसार सहभागीहरुलाई व्यक्तित्व विकास, क्याटवाक, आत्माविश्वास, फेसियल एक्सप्रेसन, पोजिटिभ एटिच्यूड, स्वीमिङ, स्टेज पर्फमेन्स, एक्टिङ, प्राथमिक उपचार, आर्ट क्लास, कला तथा संस्कृतिको जानकारीको लागि भम्रण, माइन्ड सार्पेन क्लास आदि विभिन्न विषयमा विशेषज्ञहरुद्वारा जानकारी पनि दिइरहेका छन् । प्रतियोगिताको फाइनल कार्तिक १२ गते राष्ट्रिय नाँचघर जमलमा हुनेछ ।

SUBSCRIBE 👉