पुष दोस्रो साता हलमा विधवा


Bidhwa-Nepali-Movieग्ल्यामर नेपाल, काठमाडौं । विधवा महिलाको विषयवस्तुलाई तयार पारेर निर्माण गरिएको फिल्म ‘विधवा’ पुषको दोस्रो साता अर्थात पुष ११ बाट हलहरुमा प्रदर्शनमा आउने भएको छ ।

फिल्मले बाल्यावस्थामा विधवा बन्नु परेपछि कस्तो बाध्यता र अडचन खेप्नु पर्छ भन्ने विषयलाई नारी प्रधान र एक्सनपूर्ण रुपले प्रस्तुत गरेको छ ।

गिरीप्रसाद सुनारको निर्माणमा मनोज श्रेष्ठले निर्देशन गरेको फिल्ममा दिलिप रायमाझी, सोनु घिमिरे, विद्या कार्की, सुर्य जिसीलगायतको अभिनय रहेको छ।

फिल्ममा मानबहादुर घिमिरेको कथा, शंकर अधिकारी ‘घायल’को गीत र विकास चौधरीको संगीत रहेको छ । मदन एलिसा फिल्मको प्रस्तुति रहेको फिल्ममा विवेक थापाको नृत्य, हिमाल केसीको द्वन्द्व र दीपक परियारको छायांकन रहेको छ ।

SUBSCRIBE 👉