सुरभीले आनालाई महत्व दिँदा निराश सीताराम(भिडियो)


Sitaram-Pokhrelग्ल्यामर नेपाल, काठमाडौं ।
विवाह गरेपछि पनि श्रीमतिले घरगृहस्थी छाडेर राजनीतिलाई नै अंगाले पछि पतिको अवस्था कस्तो बन्ला ? यो अवस्थालाई नजिकबाट बुझ्न गायक सिताराम पोखरेलको जीवनलाई हेरे पुग्छ । आफुले कमाएर श्रीमतिलाई जोडिदिएको सुनको तोला भन्दा राजनीतिमा लागेर आनालाई माया गर्न थालेपछि पोखरेल श्रीमतिको चालाबाट आजित भएका छन् । त्यसैले त उनी श्रीमतिलाई ‘मेरो तोलाको हिसाब’ भन्दै आफ्नो पीडा पोखिरहेका छन् ।

गायक पोखरेलको एल्बम ‘सम्मान २’मा रहेको यो गीतको भिडियोमा सिताराम, मोडल सुरभी जैन, ध्रुव सिग्देललगायतले फिचरिङ गरेका छन् । कुमार विवाहितको शब्द रहेको गीतमा बसन्त सापकोटाको संगीत छ । प्रसन्न पौडेलले निर्देशन गरेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन र सुदिप बरालको छायांकन रहेको छ । गायक पोखरेलका अनुसार कोशी व्यारेज, कन्याम, भेडेटारलगायतका रमणीय स्थानमा गीतको छायांकन गरिएको हो ।

SUBSCRIBE 👉