हाइवे टु धम्पुसलाई बेष्ट युएस प्रिमियर अवार्ड


HIghway-TO-Dhampusग्ल्यामर नेपाल, काठमाडौं ।
नेपाली अभिनेता राजबल्लभ कोइरालाले अभिनय गरेको हलिउड फिल्म ‘हाइवे टु धम्पुस’ले अमेरिकामा भएको हर्टल्याण्ड फिल्म फेस्टिभलमा ‘बेस्ट युएस प्रिमियर’ अवार्ड जितेको छ । असोज ३० गतेदेखि कार्तिक ८ गतेसम्म अमेरिकाको इण्डियानापोलिसमा भएको फेस्टिभलमा फिल्मले ‘स्टयाण्डिङ ओभेसन’ सहित उक्त अवार्ड जितेको हो ।

हर्टल्याण्ड फिल्म फेस्टिभललाई अमेरिकाको प्रतिष्ठित अवार्ड मानिन्छ । यो फेस्टिभलमा छोटा फिल्मको विधामा उत्कृष्ट हुने फिल्मले ओस्कारको छोटा फिल्मको अन्तिम पाँचको प्रतिस्पर्धामा सिधै प्रवेश पाउने प्रावधान छ ।

‘हाइवे टु धम्पुस’मा बिग्रिएकी ब्रिटिश राजकुमारी नेपाल भ्रमणमा आएपछि उसको जीवनमा आउने परिवर्तनलाई मुख्य विषय बनाईएको छ । जसमा राजबल्लभले पाइलटको भूमिकामा अभिनय गरेका छन् । रिक म्याकफारलान्डको लेखन तथा निर्देशन रहेको फिल्ममा सुयशा राना, देशभक्त खनाल, सायुस गुरुङ बज्राचार्य, सुनिल श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । फिल्मको नेपाल रिलिज मिति सार्वजनिक गरिएको छैन ।

SUBSCRIBE 👉