साइमन बने लिटिल प्रिन्स नेपाल


Saimon-Winnerग्ल्यामर नेपाल, काठमाडौं ।
बालकहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले रेडियन्ट इभेन्ट मेनेजमेन्ट एजेन्सीले राजधानीमा आयोजना गरेको ‘तेस्रो लिटिल प्रिन्स नेपाल २०१४’को उपाधि साइमन थापाले जितेका छन् । ‘शिक्षा जतिकै समयको पनि महत्व छ कि छैन ?’ भन्ने निर्णायकको प्रश्नको उत्तर दिदै साइमनले १३ प्रतिस्पर्धीलाई उछिन्दै शीर्ष उपाधि चुमेका हुन् ।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भएको कार्यक्रममा प्रणय श्रेष्ठले फस्ट रनरअपको उपाधीसँगै डिसिप्लेनको अर्वाडसमेत हात पारे । यस्तै डिरन बानिया सेकेन्ड रनरअपसँगै पन्चुआलिटी अर्वाडको दाबेदार बने । तिनैजनालाई आयोजक संस्थाकी अध्यक्ष रुस्का वैद्य श्रेष्ठले विभिन्न नगद तथा उपहार प्रदान गरेकी थिईन् । प्रतियोगिताको कोरियोग्राफर राज फैजू रहेका थिए ।

प्रतियोगितामा रोहन श्रेष्ठले फ्रेन्डसिप, आरयक बस्यालले ट्यालेन्ट, युनिस तामाङले क्यूट, किर्तन श्रेष्ठले वाक, अतित भट्टराईले बेस्ट स्पोर्टस प्लेयर, रिवेस अमात्यले पर्सनालिटी, इभान श्रेष्ठले बेस्ट  ड्रेस, आर्जन श्रेष्ठले स्माइल र मिजल प्रजापतिले फोटोजेनीक अर्वाड जिते ।

प्रा. डा. राज्यश्री श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको निर्णायकमा कलाकार गौरव पहाडी, गजित विष्ट, खुस्बु खड्का, अभिरुची बुढाथोकी, डिजाइनर सन्तोषी श्रेष्ठ र फोटोग्राफर शिवलाल श्रेष्ठ थिए ।

SUBSCRIBE 👉