आँखा दान गर्दै सोनाक्षी


sonakshiबलिउडकी सुन्दरी नायिका सोनाक्षी सिन्हाले हरियाणास्थित एक संस्थाका लागि आँखा दान गर्ने घोषणा गरेकी छन् । दृष्टिविहिनहरुको लागि आँखाको नानी उपलब्ध गराउँदै आएको उक्त संस्थालाई उनले आँखा दान गर्ने घोषणा गरेकी हुन् । सोनाक्षीले अन्य फिल्मकर्मीलाई पनि आफ्नो जस्तै काम गर्न आग्रह गरेकी छन् ।

‘संस्थाको काममा सहभागी हुन पाउँदा मलाई गर्व लागेको छ, हामी सुटिङको व्यस्तताले अन्य काम गर्न पाईरहेका हुँदैनौं,’उनले भनेकी छन्,‘म मेरा साथी तथा फ्यानहरुलाई पनि आँखा दान गर्न अनुरोध गर्दछु ।’ सोनाक्षीका अनुसार उक्त संस्थाले भारतभर करिब सयवटा आँखा बैंक स्थापना गर्ने उद्देश्य राखेको छ ।

स्रोतका अनुसार सोनाक्षीको परिवारमा आँखा दान गर्ने नै उनी पहिलो सदस्य हुन् । यसअघि बलिउडका कलाकारहरु ऐश्वर्या राय बच्चन, अमिताभ बच्चन, जया बच्चन, आर माधवन, आमिर खान र किरण रावले आँखा दानको घोषणा गरिसकेका छन्।

SUBSCRIBE 👉