अशिष्माको माया रेशलाई नफापेपछि


Res-Ashismaग्ल्यामर नेपाल, काठमाडौं ।
आफुले माया गरेको मान्छेले आफ्नो मायालाई नचिन्दा प्रेम गर्ने महिलाको हालत कस्तो हुन्छ होला । निश्चय नै त्यो निकै पिडादायी हुन्छ । केही दिन अघि अभिनेत्री अशिष्मा नकर्मी पनि त्यही पीडाबोध गरिरहेकी थिईन् । आफुले माया गर्ने मान्छे रेश मरहठ्ठाले आफ्नो माया नचिनेपछि अशिष्माको दिल निकै दुःखेको छ ।

खासमा अशिष्माको दिल वास्तविक भने दुखेको होईन । गीतकार गोविन्दप्रसाद उपाध्यायको एल्बम ‘सत्यता २’मा रहेको गीत ‘म त तिम्रो नफापेको मान्छे’ गीतको भिडियोमा अशिष्मा र रेशले अभिनय गरेका हुन् । गीतमा निखिता थापाको स्वर तथा हरि लम्सालको संगीत छ भने भिडियोको निर्देशन सञ्चारकर्मी प्रदिप निरौलाले गरेका हुन् ।

निर्देशक निरौलाका अनुसार भिडियोमा आस्था र विश्वासका कुरालाई थिम बनाईएको छ । राजधानीको नयाँबस्तीस्थित सर्वेश्वर मन्दिर र गौरीघाटको महादेव होटलमा छायांकन गरिएको भिडियोका छाँयाकार हरि हुमागाई हुन् । निशान घिमिरेले सम्पादन गरिरहेको भिडियो चाँडै नै सार्वजनिक हुने निरौलाले बताए ।

SUBSCRIBE 👉