सातौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला हुँदै


everest-culture-rc-koiralaग्ल्यामर नेपाल, काठमाडौं । एभरेष्ट नेपाल कल्चरल गु्रपको आयोजनामा आउँदो फागुन १४ गतेदेखि २३ गतेसम्म ‘सातौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला’ हुने भएको छ। एभरेष्ट नेपालले आज बुधबार पत्रकार सम्मेलनको आयोजना गरी नेपाली लोक संस्कृतिको संरक्षण तथा प्रवर्द्धनसँगै पर्यटन क्षेत्रको विकास गर्न मेलाको आयोजना गर्न लागिएको जानकारी दिएको छ।

ramchandra-koiralaमेलाका संयोजक रामचन्द्र कोइरालाले मेलामा नेपालका धार्मिक एवम् ऐतिहासिक स्थानको प्रचारप्रसार गर्न विश्वका ११ राष्ट्रका ३०० भन्दा बढी कलाकारको सहभागिता हुने जानकारी दिए। उनले विश्वका कलाकारका साथमा नेपालका विभिन्न पर्यटकीय स्थल हेटाैंडा, धादिङ, पोखरा, ललितपुरलगायत काठमाडौंका विभिन्न स्थानमा गई महोत्सव सञ्चालन गरिने बताए।

महोत्सवको उद्घाटन प्रज्ञा भवनबाट हुनेछ। १६ गते हेटौडा गई १७ गते हेटौडामा पदयात्रा हुनेछ। १८ गते पोखरा प्रस्थान गरि २० गते धादिङ हुँदै टोली काठमाडौं फर्किने छ। २१ गते पाटन दरबार र काठमाडौं दरबारमा स्क्वाएरमा पदयात्रा गरि २३ गते महोत्सव खुल्लामञ्च समापन हुनेछ। २०५९ मा पहिलो पटक लोक सांस्कृतिक मेला आयोजना गरिएको थियो।

SUBSCRIBE 👉