मिस टीन कलेजको आवेदन खुला


Miss-Teenग्ल्यामर नेपाल, काठमाडौं ।
सिजन मिडिया प्रा.लि.ले कलेजमा अध्ययनरत टिनएज युवतीहरुमा केन्द्रित (मिस टिन कलेज) को दोस्रो संस्करणको आवेदन फारम खुल्ला गरेको छ । अंग्रेजी नयाँ वर्ष २०१५ को दोस्रो हप्तामा सम्पन्न हुने प्रतियोगितामा १५ देखि १९ वर्ष उमेर समूहका टीनएज युवतीहरुको सहभागिता रहनेछ ।

संस्थाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तका अनुसार टिनएज युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपयोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

प्रतियागिताको आवेदन फारम मंसिरको तेस्रो सातासम्म सिजन मिडियाको कार्यालयबाट इच्छुक सहभागीले लिन सक्नेछन् । पहिलो चरणको छनौंट मंसीर २० गते गरिने छ । प्रतियोगितामा सहभागी हुन चाहने देशै भरी छरिएर रहेका कलेजमा अध्ययनरत छात्राहरुले आवेदन फाराम भर्न पाउनेछन् । प्रतियोगिताको फाइनलका लागि ३६ सुन्दरीको छनौंट गरिनेछ ।

फाइनलका लागि छनौंट हुने सुन्दरीहरुलाई विभिन्न विषयमा प्रशिक्षण दिइनेछ । उनीहरुलाई कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नेछन् । प्रतियोगिताका विजेताले शीर्ष ताजसहित टिभिएस जुपीटर स्कुटर र उच्च शिक्षामा १ लाख बराबरको छात्रावृत्ति तथा गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले क्रमशः रु ३५ हजार बराबरको ल्यापटप र १५ हजार बराबरको मोवाइल साथै १ वर्षको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न १६ विधामा पनि विजेता छनौट गरिनेछ ।

SUBSCRIBE 👉