सुप्रिया पढ्न हिँड्दा तड्पिए निर्मल


Slc-Videoग्ल्यामर नेपाल, काठमाडौं ।
स्कुलमा आफुले पढाउँदै गरेको विद्यार्थी एसएलसी पास भएर उच्च शिक्षा अध्ययन गर्न जाँदा विद्यालयका शिक्षकहरुलाई निकै नरमाइलो नै लाग्छ । अझ तिनै विद्यार्थीमध्ये कोही छात्रालाई असाध्यै माया गर्ने शिक्षक छन् भने उनको अवस्था कस्तो बन्ला ।

यस्तै व्यथा समेटिएको एक म्युजिक भिडियोको आइतबार छायांकन गरिएको छ । महेश खड्काको संगीत र तुलसी पराजुलीको स्वरमा रहेको ‘छोडेर जाने मायाले मा¥यो’बोलको गीतको भिडियोमा शिक्षक बनेका निर्मल सेञ्चुरीले विद्यार्थी सुप्रिया कटुवालले आफुलाई छोडेर गएको कुराप्रति चिन्तित बनेको दृश्यलाई क्यामरामा कैद गरिएको छ । राजधानीको साँखु र जोहरसिंह पौवामा छायांकन गरिएको भिडियोका निर्देशक समन अधिकारी हुन् ।

Saman-Video‘यो भिडियोमा एसएलसी पास भएर उच्च शिक्षा पढ्न काठमाडौं जान लागेकी एक विद्यार्थीलाई सम्झँदै उनलाई माया गर्ने शिक्षाको पीडा समेटिएको छ,’निर्देशक समनले भने,‘केही दिनपछि यसको भिडियो सार्वजनिक गर्नेछौं ।’ गीतको विद्यालय दृश्य चापाकोट उच्च माविमा लिइएको हो । फिल्मका छाँयाकार शिवराम श्रेष्ठ हुन् ।

SUBSCRIBE 👉