द स्ट्रेञ्ज चाइल्ड अफ रुलर भिलेजको प्रदर्शन


Eani-BHattaraiग्ल्यामर नेपाल, काठमाडौं ।
बाल कलाकार एनी भट्टराईले शीर्ष भूमिकामा अभिनय गरेको सर्ट फिल्म ‘द स्ट्रेञ्ज चाइल्ड अफ रुलर भिलेज’को राजधानीमा प्रथम प्रदर्शनसँगै प्रचार सामाग्री सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा सहभागिता जनाउनका लागि तयार गरिएको फिल्मले बालबालिकाहरु पवित्र र सहयोगी भावनाका हुन्छन् भन्ने सन्देश बोकेको छ ।

एनीले यसअघि ‘उदाहरण’ नामक फिल्ममा अभिनय गरिसकेकी छन्, जुन प्रदर्शनको तयारीमा छ । फिल्ममा निलम भट्टराई, कुशुम गुरुङ, ज्ञानबहादुर शाही, राजकुमार सुवेदीलगायतको अभिनय रहेको छ ।

आरुसी भट्टराई निर्माता रहेको फिल्मका निर्देशक सन्तोष ढकाल हुन् । फिल्मकर्मी यादव खरेलको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री गोकर्ण विष्टलगायतले एनीलाई शुभकामना दिएका थिए ।

SUBSCRIBE 👉