नेपाली तारामा मोबाइलबाटै अडिसन


Nepali-Taraग्ल्यामर नेपाल, काठमाडौं ।
आफ्नो दर्शकहरु र प्रतियोगीहरुलाई निरन्तर रुपमा आश्चर्यचकित बनाउँदै आएको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘कोका–कोला नेपाली तारा ३’ का लागि सम्भवत संसारकै सबैभन्दा पहिलो मोबाइल अडिसन आयोजना गर्ने भएको छ ।

कोका–कोला नेपाली तारा ३ को प्रमुख प्रायोजकमध्ये रहेको एनसेलले मोबाइल अडिसनका लागि नविनतम प्रणाली प्रस्तुत गरेको छ । जसमा प्रतियोगीहरुले सर्वप्रथम प्रतियोगीतामा आफ्नो नाम दर्ता गर्न (Ncell नाम उमेर ठेगाना) टाइप गरि २७२२ मा एसएमएस गर्नुपर्नेछ । त्यसपछि प्रतियोगीहरुले एउटा ५ अंकको कोड प्राप्त गर्नेछन् ।

प्रतियोगीहरुले आफुलाई गाउन मन लागेको गीतको नम्बर डायल गर्नुपर्नेछ, जस अनुसार ‘छाएछ बसन्त’ का लागि ९८०११५३६१०, ‘जहाँ छन् बुद्धका आँखा’ का लागि ९८०११५३६११, ‘मेरो प्यारो मान्छे तिमी’का लागि ९८०११५३६१२ र ‘परेलीमा’ का लागि ९८०११५३६१३ रहेको छ । मोबाइलमा धुन बजेपछि आफनो गीत रेकर्ड गर्नुपर्नेछ । मोबाइलबाट उत्कृष्ठ हुने दुई प्रतियोगीले उत्कृष्ठ २० मा सहभागिता जनाउन पाउनेछन् ।

प्रतियोगिताका जजहरु वरिष्ठ संगित निर्देशक प्रकाश गुरुङ, वरिष्ठ संगित कम्पोजर र गीतकार सुरेश अधिकारी र प्रशिद्ध गायक रामकृष्ण ढकालले मोबाइल अडिसनका लागि आफु निकै उत्साहित रहेको बताए ।

SUBSCRIBE 👉