सेलिब्रेटीले रुचाए जेरी


Anmol-Kc-Anna-Sharma-photoग्ल्यामर नेपाल, काठमाडौं ।
आज शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘जेरी’ले पत्रकार तथा फिल्मकर्मीलाई फिल्म देखाएको छ । राजधानीको जयनेपाल हलमा आयोजना गरिएको शोमा पत्रकारसँगै फिल्मकर्मीको उल्लेख्य उपस्थिति रहेको थियो ।

हेमराज बिसीले निर्देशन गरेको लभस्टोरी फ्लेबरको फिल्मलाई अधिकांशले ‘उत्कृष्ठ’ फिल्म भन्दै सराहना गरेका थिए । अनमोल केसी, आना शर्मा र अमल्या शर्मा वरीपरी घुम्ने फिल्मले युवापुस्ताको मनोविज्ञान र प्रेमलाई प्रस्तुत गरेको छ ।

थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस

Anmol-Kc-Anna-Sharma-Namrata-Shrestha-photoफिल्म हेर्नका लागि भुवन केसी, गौरी मल्ल, रेखा थापा, आर्यन सिग्देल, जीवन लुइँटेललगायतका दर्जन बढी कलाकारहरु आएका थिए । मनोज शेरचनले निर्माण गरेको फिल्म मुस्ताङ, पोखरा र काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको छ। विशेष फिल्मकर्मीले कथालाई अत्याधिक रुचाएका छन् । फिल्म हेरिसकेपछि निर्देशक हेमराजसहित प्रमुख कलाकारलाई पत्रकार तथा फिल्मकर्मीले बधाई दिएका थिए । फिल्ममा अनमोलको भूमिकाको सबैले खुलेर प्रशंसा गरेका छन् ।

SUBSCRIBE 👉