सारंगी टुट्दा बिग्रियो रञ्जन–सम्पदाको सम्बन्ध


Ranjan-Sampadaग्ल्यामर नेपाल, काठमाडौं ।
साहित्यकार एवम् रचनाकार हेमन्त ढुंगेलको शब्द रचनामा तयार भएको ‘टुट्यो तार सारंगी’को बोलको गीतको हालै भिडियो छायांकन सकिएको छ । रञ्जन रिजाल र सम्पदा बानियाँले अभिनय गरेको भिडियोका निर्देशक विधान कार्की हुन् ।

भिडियोमा सफल मानिसको जिन्दगीको भोगाई र उसको असफल परिस्थितिको कथा प्रस्तुत गरिएको निर्देशक कार्कीले बताए। भिडियोका छाँयाकार विदुर पाण्डे हुन् भने यसको हाल निशान घिमिरेले सम्पादन गरिरहेका छन् । गीतमा शिशिर योगीको स्वर र अशोक थापाको संगीत रहेको छ ।

राजधानीका रमणीय स्थानमा छायांकन गरिएको भिडियो चाँडै नै बजारमा ल्याइने निर्देशन कार्कीले बताए ।

SUBSCRIBE 👉