अञ्जुलाई संगीत रत्न, दिनेशलाई लाइफटाइम र नवराजलाई पत्रकारिता सम्मान


anju-pantaग्ल्यामर नेपाल, काठमाडौं ।
आधुनिक संगीत र पाश्र्व गायनमा अब्बल गायिकाको रुपमा स्थापित गायिका अञ्जु पन्तलाई ‘विन्ध्यवासिनी संगीत रत्न सम्मान २०७१’बाट सम्मानित गरिने भएको छ । विन्ध्यबासिनी म्युजिक, विन्ध्यबासिनी फाउन्डेसन र विन्ध्यबासिनी म्युजिक अवार्ड–२०७१ को संयोजक समिति सहितको संयुक्त बैठकले अञ्जुलाई १५ हजार ५ सय १५ रुपैंयाँसहितको सम्मान प्रदान गर्न लागेको हो ।

Dinesh-Adhikariविन्ध्यवासिनी फाउण्डेसनका कार्यकारी सदस्य तथा अवार्ड संयोजक सुवास रेग्मीका अनुसार नेपालमै पहिलोपटक नगदसहित संगीत रत्न सम्मान दिइन लागिएको यो पहिलो पटक हो । रेग्मीले आगामी मंसीर २६ गते राजधानीको आर्मी अफिसर्स क्लबमा आयोजित पाँचौं संस्करणको अवार्ड समारोहमा अञ्जुलाई सम्मान प्रदान गरिने बताए ।

Nawaraj-Lamsalविन्ध्यबासिनीले हरेक वर्षको अवार्डमा प्रदान गर्ने ५१ हजार १ सय ५१ रुपैंयाँ सहित ‘विन्ध्यबासिनी लाइफ टाइम एचिभमेन्ट अवार्ड’ यो वर्ष वरिष्ठ गीतकार दिनेश अधिकारी र २५ हजार ५ सय २५ रुपैंयाँको ‘विन्ध्यबासिनी गीत संगीत पत्रकारिता सम्मान’ वरिष्ठ रंग पत्रकार नवराज लम्साललाई प्रदान गर्ने भएको छ ।

SUBSCRIBE 👉