ज्यान बच्यो महेश भट्ट परिवारको


Mahesh-Bhattaमुम्बई पुलिसको क्राइम ब्राञ्चले फिल्म निर्माता तथा निर्देशक महेश भट्ट र उनको परिवारलाई हत्या गर्ने योजना बनाउँदै गरेको एक समूहलाई पक्राउ गरेको छ । पुलिसका अनुसार ग्याङस्टार रवि पुजारीको टोलीले भट्टसहित उनको परिवारलाई भौतिक हमला गर्ने योजनामा बनाएको थियो ।

प्रहरीले रविको समूहलाई हतियारसहित पक्राउ गरेको हो । गत अगष्टमा फिल्म निर्माता करीम मोरानीको घरमा भएको फायरिङमा रविकै समूह संलग्न रहेको प्रहरीले जनाएको छ । तीन दिन अघि एसीपी सुनिल देशमुख र वाहन चोरी विभागका इन्स्पेक्टर जगदीश साहिलले खार इलाकामा उनीहरुलाई पक्रेका थिए । समूहले महेश भट्ट, उनका भाई मुकेश भट्ट या महेशका छोरा राहुललाई मार्ने योजना बनाएको प्रहरीको दाबी छ ।

महेशको हत्या गर्न समूहका एक सदस्य उनको कार्यालयमा सुरक्षागार्डको रुपमा अन्तवार्ता दिन गए पनि ती व्यक्ति सुरक्षा गार्डका लागि अयोग्य ठहरिएका थिए । आफु सुरक्षा गार्ड बनेमा चौबिसै घण्टा प्रहरीको सुरक्षामा रहने महेशलाई कार्यालयभित्रै हत्या गर्ने योजना बुनेको प्रहरीको दाबी छ ।

SUBSCRIBE 👉