बलिउडका अभिनेताहरुमा सिक्स प्याक ऐब्स बनाउने काम फेसन जस्तै बनिरहेको छ । लामो समयपछि पुन फिल्मका पर्दामा देखिन लागेका बलिउड अभिनेता गोविन्दा पनि आफ्नो शरीरलाई सिक्स प्याक ऐब्स बनाएर दर्शकमाझ आउँदैछन् ।
गोविन्दालाई दर्शकले फिल्म ‘ह्याप्पी इन्डिङ’मा सिक्स प्याक ऐब्ससहित हेर्न पाउनेछन् । फिल्ममा सुपरस्टारको भूमिकामा देखिएका गोविन्दालाई सिक्स प्याक एब्सको रुपमा प्रस्तुत गर्न निर्माताहरुले निकै पापड बेल्नु परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । २१ नोभेम्बरमा रिलिज हुने फिल्ममा सैफ अली खान, इलियाना डिक्रुज, कल्की कोचलिन र रणवीर शौरीको अभिनय रहेको छ ।
