बद्री र शकुन्तलाको ‘रातो पछ्यौरी’


Pangeniग्ल्यामर नेपाल, काठमाडौं ।
लोक गायक बद्री पंगेनी र शकुन्तला थापाले संयुक्त रुपमा ‘रातो पछ्यौरी’ नामक लोकदोहोरी गीति एल्बम श्रोतामाझ ल्याएका छन् । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले शनिवार राजधानीमा आयोजना गरेको कार्यक्रममा उद्योगमन्त्री महेश बस्नेतले एल्बम सार्वजनिक गरे ।

एल्बममा एकनारायण भण्डारीको लय तथा शब्द सिर्जना र विनोद बाजुरालीको संगीत संयोजन छ । कार्यक्रममा उद्योगमन्त्री बस्नेतले नेपाली गीत संगीत क्षेत्रलाई उद्योगको रुपमा अघि बढाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । लोक गायक पंगेनीले नेपाली कलाकार विदेश पलायन हुनुका कारण बारे चर्चा गर्दै नेपाली संगीत उद्योगको अबस्था यस्तै रहने हो भने कलाकारहरु यो क्षेत्रबाट पलायन हुनेक्रम बढ्ने बताए । तीन वर्षदेखि इटाली बस्दै आएकी गायिका शकुन्तला थापाले नेपाली संगीत उद्योगबाट रोजी रोटीको ग्यारेन्टी हुने अवस्था आएको भए आफु विदेश जानु पर्ने अवस्था नरहने बताईन् । उनी आइतबार इटली जाँदैछिन् ।

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका महासचीव रमेश बी.जी लगायतले विमोचित गीति संग्रहको सफलताका लागि शुभकामना प्रदान गरेका थिए भने राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष हरिबल्लभ नेपालले लोक कला साहित्य र संस्कृतिको विकासका लागि पत्रकार तथा सञ्चारकर्मीको महत्वपुर्ण भुमिका हुने बताए ।

SUBSCRIBE 👉