गोविन्दको सांगीतिक पल


Album-Bimochanग्ल्यामर नेपाल, काठमाडौं ।
गायक गोविन्द गुरुङले तेस्रो एल्बम ‘पल’ स्रोतामाझ ल्याएका छन् । राजधानीको कमलपोखरीस्थित रसियन कल्चरल सेन्टरमा हालै उनको एल्बमको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, उपकुलपति शम्भुजीत बासकोटा, सदस्यसचिव गणेश रसिक, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृति (सिईओ) किशोर महर्जनले संयुक्त रुपमा विमोचन गरे ।

कार्यक्रममा बैंकर रहेका गुरुङका गीतहरु स्तरीय र माधुर्य बनेको कुलपति सरुभक्तले बताए भने प्रतिष्ठानका सदस्य सचिव रसिकले गीतहरुको समीक्षा गरेका थिए । गायक गुरुङले आफ्नो गीतिसंग्रहको तयारी देखि रिलिजसम्मको बारे जानकारी दिँदै गायनलाई निरन्तरता दिने बताए । बैंकिङ कार्यबाट निक्लेको फुर्सदलाई गीत सँगीत सृजनामा प्रयोग गर्दै आएको पनि उनले जानकारी गराए ।

विगतका गीतिसंग्रहको जस्तै यो गीतिसंग्रहको बिक्रीबाट उठेको सबै रकम दुर्गम गाउँका विद्यालयमा कम्प्युटर सामग्री र कम्प्युटर कक्षा सञ्चालनमा खर्च गर्ने पनि गायकले जनाए । सिभिल बैंक लि. कर्पोरेट कार्यालयका वरिष्ठ कार्यकारी अधिकृत (महाप्रबन्धक तह) गुरुङले गायनले आफ्नो कामलाई कहिल्यै असर नपर्ने पनि बताए । कार्यक्रममा एल्बमका दुई म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । जसको निर्देशन समन अधिकारीले गरेका छन् । भिडियोमा सावित्री गुरुङ, सुप्रिया कटवाल लगायतले मोडलिङ गरेका छन् ।

गुरुङले यसअघि ‘खुदी बजारमा’ र ‘परिचय’ नामका एल्बम श्रोतामाझ ल्याइसकेका छन् । तेस्रो एल्बममा ९ ओटा गीत छन् । जसमा ६ गीतको रचना र संगीत गुरुङ आफैंले गरेका हुन् । तीन गीतको रचना निर्देशक तुलसी घिमिरे, ललिजन रावल र राजु थापाले गरेका हुन् । दुई गीतमा बिबी अनुरागी र एक गीतमा शक्ति बल्लभको संगीत छ ।

सँग्रहको सात ओटा गीत गोबिन्द गुरुङकै स्वरमा छ । जस मध्य ओरालीमा…गीतमा अन्जु पन्तले यी गायकलाई स्वरमा साथ दिएका छन् । सँग्रहको जे जस्तो छ भाग्य…गीत १५ वर्षीय गायक विशाल तामाङले गाएका छन् । यस्तै फुलटिपी सिउरी दियौ…गीत दृष्या गुरुङको स्वरमा छ । बाँकी गीत पल पल निष्ठुरी.., नटाढिनु है…, कती दियौ पीडाहरु…, मायाँ यो मेरो…, न सुन्नु है कुरउटेको कुरा…, नौ डाँडा पारी…गोबिन्द गुरुङकै एकल स्वरमा छ । यो गीतिसँग्रहको बिक्रीबाट उठेको रकम उनले गरिब र जेन्हन्दार विधार्थीको अध्ययनमा खर्च गर्ने छन् ।

SUBSCRIBE 👉