सहिमासँग पत्रकार विजयको रोमान्स


Bijay-Sahimaग्ल्यामर नेपाल, काठमाडौं ।
हरेक केटीसँग रोमान्स गरेपछि धोका दिने केटा र पहिलो पटक मायामा फसेकी केटीको प्रेम कस्तो होला । उत्तर सहज छ, त्यस्तो प्रेम फष्टाउन सक्दैन । गायिका सहिमा श्रेष्ठ पनि यस्तै पीडामा अहिले परेकी छन् । केटी पट्याउन र धोका दिन खप्पिस पत्रकार विजय सुवेदी ‘आवाज’ को आँखामा परेकी सहिमालाई पनि विजयले किन धेरै माया गर्थे र । यस्तै पीडाले गर्दा सहिमा ‘बार बार दिलमा’ गीत गाउँदै आफुलाई सम्हाल्न खोजिरहेकी छन् ।

सहिमा र विजयको रोमान्स तथा विजयको धोका दिने शैली वास्तविक भने होईन । आफ्नो गीतको म्युजिक भिडियोमा सहिमाले विजयसँग धोकाको अनुभव गरेकी हुन् । जुन भिडियोको सोमबार छायांकन गरिएको छ । समन अधिकारीले निर्देशन गरेको भिडियोमा विजयले डेब्यु अभिनय गरेका हुन् ।

विजयले पहिलोपटक भिडियोमा काम गर्दा रमाइलो लागेको बताउँदै राम्रो कन्सेप्ट र गीत भएको भिडियोमा मात्र काम गर्ने इच्छा व्यक्त गरे । धापाखेलमा छायांकन गरिएको भिडियोका छाँयाकार शिवराम श्रेष्ठ हुन् ।

SUBSCRIBE 👉