फ्लोरमा वडा नम्बर ६


Daya-Priyankaग्ल्यामर नेपाल, काठमाडौं ।
हिट फिल्म ‘छ एकान छ’को निर्माण समूह दीपकराज गिरी, दिपाश्री निरौला र निर्मल शर्माले बनाउन लागेको दोस्रो फिल्म ‘वडा नम्बर ६’को सुटिङ मंगलबारबाट शुरु भएको छ । फिल्मले राजधानीको चापागाउँ स्टूडियोबाट छायांकन सुरु गरेको हो ।

उज्ज्वल घिमिरेले निर्देशन गरेको फिल्मको लागि पहिलो सट दीपकराज, प्रियंका कार्की, दयाहाङ राई र अरुणा कार्कीले दिएका थिए । पहिलो सट धुलिखेलबाट शुरु गर्ने भनिए पनि सार्क सम्मेलनका कारण स्थान परिवर्तन गर्दै चापागाउँ स्टुडियोलाई रोजेका थिए । फिल्मका एक निर्माता दीपाश्रीका अनुसार सार्क सम्मेलनपछि उपत्यका बाहिर पनि फिल्मको छायांकन गरिनेछ ।

फिल्ममा सिताराम कट्टेल, केदार घिमिरे, जितु नेपालसहित किशोर खतिवडा, विल्सन विक्रम राई, शिवहरि पौडेलको अभिनय रहनेछ । कमेडी जनराको फिल्मका लेखक अभिमन्यु निरवी हुन् ।

SUBSCRIBE 👉