शिव रेग्मीको वार्षिकी


Shiva Regmi

Shiva Regmi

ग्ल्यामर नेपाल, काठमाडौं ।
चर्चित निर्देशक स्वर्गीय शिव रेग्मीको निधनको आज एक वर्ष पुगेको छ । रेग्मीको निधन मंसीर २४ मा भए पनि तिथीका आधारमा शुक्रबार एक वर्ष पुरा भएको हो । नारी संवेदनाका फिल्म बनाउन माहिर निर्देशक शिवले दुवै मृगौलाले काम गर्न छाडेपछि राजधानीको बल्खुस्थित वयोधा अस्पतालमा अन्तिम सास फेरेका थिए ।

राजधानीमा निधन भए पनि उनको अन्तिम संस्कार गृहजिल्ला चितवनमा गरिएको थियो । चितवनको नारायणी कला मन्दिरमा हुने श्रद्धाञ्जली सभामा सहभागिता जनाउन राजधानीबाट द्वन्द्व निर्देशक हिमाल केसी, निर्देशक मुस्कान ढकाल, कलाकार उत्तम केसीलगायतको टोली चितवन पुगेका छन् ।

शिवले निर्देशन गरेका फिल्म आफन्त, आफ्नो मान्छे, ए मेरो हजुर, सुख दुःख, हामी तीन भाइ, कहाँ भेटिएला हिट फिल्म हुन् । उनको अन्तिम फिल्म ‘सो सिम्पल’ हो ।

SUBSCRIBE 👉