पुष ४ बाट अल नेपाल दि रेञ्ज


The-Rangeग्ल्यामर नेपाल, काठमाडौं ।
एउटा साधारण मानिसलाई प्राप्त हुने अलौकिक दैविक शक्तिको सही प्रयोगबाट हुने परिणाम र दुरुपयोग गर्दाको दुष्परिणाम के हुन्छ भन्ने विषयवस्तुलाई समेटिएको फिल्म ‘दि रेञ्ज’ पुष ४ बाट अल नेपाल रिलिज हुने भएको छ ।

गौतम बुद्धको जन्म नेपालमै भएको हो भन्ने सन्देश दिनका लागि फिल्म बनाएको प्रस्तुतकर्ता पिताम्वर आर्चायले बताए । राम नेपालले निर्देशन गरेको फिल्ममा रमेश थापा पनि प्रस्तुतकर्ता रहेका छन् ।

कार्यकारी निर्मातामा प्रदीप केसी र निर्माताहरुमा गगन गिरी, राजेन्द्र गिरी र पदमप्रसाद सिम्खडा रहेका छन् । फिल्ममा राज क्षितिज, लोकेन ओली, दीपा थापा, गणेश उप्रेती, सुनिता आचार्यलगायतको अभिनय रहेको छ ।

SUBSCRIBE 👉