मिडियासँग तर्कदै प्रियंका कार्की


Priyanka-Karki-Nepali-Actress-Photoग्ल्यामर नेपाल ।
प्रियंका कार्की मिडिया फ्रेन्ड्ली हिरोइनको रुपमा परिचित छिन्। मिडियासँग सुमधुर सम्बन्ध भएकै कारण हुनुपर्छ, करिअरको सुरुवातताका लगातार फिल्म असफल हुँदा उनी ओझेलमा परिनन्, मिडियामा छाइरहिन्। फिल्म फ्लप हुँदा पनि उनको तारिफ गरियो। उनी पनि फेसबुकको भित्तोदेखी सार्वजनिक कार्यक्रमसम्म मिडियाको तारिफ गर्न कन्जुस्याई गर्दैनथिन्। अर्थात मिडिया र कलाकारबीच नङ र मासुजस्तो सम्बन्ध हुन्छ भन्ने भनाईमा उनी पनि सहमत थिइन्।

तर पछिल्लो केही समययता प्रियंकाको मिडियाप्रेम ओरालो लागेको छ। खासगरी गत २६ असारमा आयोजना गरिएको ‘नाई नभन्नु ल २’ को सक्सेस पार्टीमा भएको वार्डरोप मालफक्सन पछि प्रियंका मिडियासँग तर्किएकी हुन्। त्यतिबेला उनको भित्रि वश्त्र देखीने तस्बिर सार्वजनिक भएको थियो। सोही कारण उनी पनि ‘चिप पब्लिसिटी’मा रमाउन थालेको चर्को आरोप खेप्नु पर्‍यो। उनले यो पीडा केही समय अगाडी सम्पन्न एनसेल साहित्य मेलामा पनि पोखेकी थिइन्। त्यसयता उनले मिडियासँग दुरी कायम राखेको आभाष हुन थालेको छ।

वार्डरोप मालफक्सनपनि प्रियंका पहिरनमा निकै सर्तक हुन थालेको नजिकका साथीहरु बताउँछन् । सार्वजनिक समारोहमा प्राय: स्कर्टमा उपस्थित हुने प्रियंका आजकल गाउन वा अन्य लामा कपडा लगाउन छिन्। चाहेर पनि छोटो कपडा लगाउन नपाउने। क्या फसाद! 😛

SUBSCRIBE 👉