ग्ल्यामर नेपाल।
नेपाली रंगमञ्चमा स्थापित कलाकार हुन्, सिर्जना सुब्बा। दर्जनौं नाटकमा उनले अभिनय कौशल देखाएकी छिन्। रंगमञ्चमा स्थापित भइसकेकी सिर्जनालाई ‘लुट’को पुतली भूमिकाले उनलाई फिल्मको रंगीन दुनियामा पनि चर्चा दिलायो। यसरी पहिलो फिल्मबाटै हिरोइनभन्दा अभिनेत्रीको पहिचान बनाउन सफल भइन् उनी।
नयाँ फिल्म ‘डाइङ क्यान्डल’मा पनि उनको यही पहिचानले निरन्तरता पाएको छ। ‘डाइङ क्यान्डल’मा सिर्जनाले हिमाली भेगकी एक युवतीको भूमिका निर्वाह गरेकी छिन्। नरेशकुमार केसी निर्देशित यो फिल्मले दिदी र भाईबीचको प्रेमको कथा भन्छ। उनले भाईको भविष्यका लागि गर्ने त्याग देखाइएको छ। ट्रेलर सार्वजनिक भएपछि सिर्जनाको चर्चा बढ्न थालेको हो। फिल्मको सम्पूर्ण दृश्य रसुवामा खिचिएको छ।
निर्देशक केसीले अमेरिकाको युनिभरसिटी अफ साउर्थन क्लालिफोर्नियाबाट फिल्म स्टडिजमा स्नात्तोकत्तर गरेकाले पनि ‘डाइङ क्यान्डिल’ प्रतिक्षित बनेको छ। फिल्ममा सिर्जना सहित सौगात मल्ल, अर्पण थापा, लाक्पा सिंगी तामाङ, विद्या कार्कीलगाएतका कलाकारको अभिनय रहेको छ।
