विजयको सांगीतिक नशा चढ्यो मायाको


Albumग्ल्यामर नेपाल, काठमाडौं ।
विगत ६ वर्षदेखि इजरायलमा बस्दै आएका युवा विजय बिमुनले ‘नशा चढ्यो मायाको’ नामक गीति एल्बम श्रोतामाझ ल्याएका छन् । एल्बमको गत शनिवार वरिष्ठ गीतकार डा. भोला रिजाल, डा. कृष्णहरि बराल, संगीतकार शिला बहादुर मोक्तान र गायिका कुन्ती मोक्तानसँगै गायक बिमुनले संयुक्त रुपमा विमोचन गरेका थिए ।

कार्यक्रममा गायक विजयले दिलशोभा श्रेष्ठले सञ्चालन गरिरहेको आमाघरलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरे । ‘यो सोच्दै न सोचेको सहयोग हामीले पायौ, यो हाम्रो लागि निकै ठुलो सहयोग हो,’रकम लिएपछि दिलशोभाले भनिन्,‘बुबाआमाको मरेपछि श्राद्ध गर्नुको सट्टा बाँचुन्जेल श्रद्धा गर्नुहोस् ।’

कार्यक्रमका डा. रिजालले गायक विजयको सांगीतिक जीवनको उज्वल भविष्यको कामना गरे भने डा. बरालले गायकको लेखन, संगीत र गायनको तारिफ गरेका थिए । एल्बममा ‘नशा चढ्यो मायाको’, ‘आमा’, ‘धुलिखेल दाप्चा’, ‘भन्छ मनले’, ‘मेरो मायालाई’, ‘तिमीबाट’ बोलको गीत समावेश छन् ।

SUBSCRIBE 👉