प्रदीपको सांगीतिक गुमनाम


Album-Gumnamग्ल्यामर नेपाल, काठमाडौं ।
पेशाले इञ्जिनियर भए पनि संगीत र साहित्यप्रति रुची राख्दै आएका गीतकार एवं कवि प्रदीप चापागाईले ‘गुमनाम’ नामक एल्बम र ‘फूलहरुको युद्ध’ नामक कविता संग्रह एकसाथ सार्वजनिक गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा गीतकार डा. कृष्णहरी बराल, पत्रकार रविन्द्र मिश्र र प्रदीपका पिता सुदामा चापागाईले संयुक्त रुपमा एल्बमको विमोचन गरे ।

गैरे सुरेशको सोलो संगीतमा तयार भएको एल्बममा आठ गीत छन् । एल्बममा तिमी यति सुन्दर छौ, किन गर्थे मरीहत्ते, तिम्रो मौनतामा, झरीपछि कालो आकाश, तिम्रो शहरमा, मलाई पनि अँधेरीको, मनभरी यी तानाबाना, तिमी विना जिन्दगीको बोलका गीत छन् । भाइब्स क्रिएसनले बजारमा ल्याएको एल्बम सत्यस्वरुप आचार्य, शिव परियार, रिमा गुरुङ होडा, प्रमोद खरेल, सन्तोष लामा, निशा देसार र रजिना रिमालले स्वर दिएका छन् ।

SUBSCRIBE 👉