कामना फिल्म अवार्डमा “महशुस”को वर्चस्व, हरि र बैकुण्ठलाई सम्मान


Karishma Manandhar Kamana Film Award Danceग्ल्यामर नेपाल, काठमाडौं।
सिजी इन्टरटेनमेन्टको सहकार्यमा कामना फिल्म मासिकले सोमबार राजधानीमा आयोजना गरेको ‘सिजी कामना फिल्म अवार्डस् २०७१’ मा फिल्म ‘महशुस’ले उत्कृष्ठ फिल्मसँगै यस फिल्मका निर्देशक नवल नेपालले ‘उत्कृष्ठ निर्देशक’को अवार्ड जितेका छन्। यसै फिल्मका लागि अभिनेता आर्यन सिग्देलले ‘उत्कृष्ठ अभिनेता’, अभिनेत्री केकी अधिकारीले ‘उत्कृष्ठ अभिनेत्री’, अभिनेत्री वेनिशा हमालले ‘उत्कृष्ठ सहअभिनेत्री’ र नवल नेपालले ‘उत्कृष्ठ पटकथा’ विधाको अवार्ड चुमे।

Kamana Film Award Hari Prasad Rimalकामना मासिकको ३१ औं वार्षिकोत्सवको दिन पारेर आयोजना गरिएको कार्यक्रममा रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमाल र नेपालका प्रथम छाँयाकार बैकुण्ठमान मास्केलाई जनही १ लाख रुपैंयाँ र ताम्रपत्रसहितको ‘कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफटाइम अचिभमेन्ट अवार्ड) बाट सम्मानित गरिएको थियो। दुवैलाई कामना मासिकका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठ र उनका पिता भरतलाल श्रेष्ठले संयुक्त रुपमा सम्मान प्रदान गरेका थिए।

कामना फिल्म अवार्ड्समा जे देखियो – फोटो ग्यालरी हेर्नुहोस्

Kamana Film Award Puskar Lal Shrestha (1)२०७० साल वैशाख १ देखि चैत्र मसान्तसम्म सार्वजनिक प्रदर्शनमा आएका नेपाली फिल्मलाई सामेल गरिएको अवार्ड कार्यक्रममा फिल्म ‘नाइ नभन्नु ल २’का लागि गैरे सुरेशले ‘उत्कृष्ठ संगीतकार’, डा. कृष्णहरि बरालले ‘उत्कृष्ठ गीतकार’, प्रेम परियारले ‘उत्कृष्ठ पाश्र्व गायक(पुरुष), रजिना रिमालले ‘उत्कृष्ठ पाश्र्व गायिका’ र अनुभव रेग्मीले ‘उत्कृष्ठ बाल कलाकार’ विधाको वार्ड चुमे।

Kamana Film Award Nawal Nepal (2)फिल्म ‘मोक्ष’का लागि प्रविण श्रेष्ठले ‘नवनिर्देशक’, ‘कथा’ कोशिस क्षेत्रीले ‘नवअभिनेता’, राजन कठेत र प्रज्ञान थापाले ‘संवाद’ को अवार्ड पोल्टामा पारे भने ‘मौन’का लागि निमा लामाले ‘उत्कृष्ठ श्रृंगार’, रोहित शाक्यले ‘उत्कृष्ठ पाश्र्व संगीत’, उत्तम न्यौपानेले ‘उत्कृष्ठ ध्वनि मिश्रण’को अवार्ड जिते। यसैगरी फिल्म ‘होस्टेल’का लागि सुरेन्द्र पौडेलले ‘उत्कृष्ठ सम्पादन’, हरि हुमागाईले ‘उत्कृष्ठ छाँयाकन’ र प्रकृति श्रेष्ठले ‘उत्कृष्ठ नवअभिनेत्री’ विधाको अवार्डमा कब्जा जमाईन्।

Kamana Film Award Wilson Bikram Rai (1)त्यसैगरी फिल्म ‘प्रोड्युसर’का लागि विल्सनविक्रम राईले ‘उत्कृष्ठ हाँस्यकलाकार’को अवार्ड जित्दा कोरियोग्राफर कविराज गहतराजले फिल्म ‘काली’का लागि ‘उत्कृष्ठ नृत्य निर्देशक’, फिल्म ‘लभ फरेभर’का लागि सूर्य थोकरले ‘उत्कृष्ठ द्वन्द्व निर्देशन’ र फिल्म ‘मधुमास’का लागि मनोज आरसीले ‘खलपात्र’ विधाको अवार्डलाई सुरक्षित गरे।

कार्यक्रममा सिजी इन्टरटेनमेन्टका प्रमुख बसन्त चौधरीले संगीतकार हरि लम्साललाई ‘सिजी क्रिटिक्स अवार्ड फर म्युजिक’, मुक्ता श्रेष्ठलाई ‘सिजी क्रिटिक्स अवार्ड फर फेसन’ र प्रविण खतिवडालाई ‘सिजी क्रिटिक्स अवार्ड फर थिएटर’को सम्मान प्रदान गरे।

Kamana Film Award Mukta Shresthaअवार्डमा अभिनेता हरिहर शर्मा, लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मा, प्रथम छाँयाकार बैकुण्ठमान मास्के, गायक प्रेमध्वज प्रधान, प्रथम ध्वनि मिश्रक प्रदीप उपाध्याय, अभिनेत्री गौरी मल्ल, द्वन्द्व निर्देशक उदयसिंह बोहोरा, नृत्य निर्देशक कमल राई र गीतकार सम्पादक तथा प्रथम एनिमेटर करुण थापा निर्णायक रहेका थिए।

कार्यक्रमलाई सांगीतिक बनाउन भुवन केसी, शिव श्रेष्ठ, नम्रता सापकोटा, गौरी मल्ल, रमेश उप्रेती, झरना थापालगायतले नृत्य प्रस्तुत गरेका थिए।

कामना फिल्म अवार्ड्समा जे देखियो – फोटो ग्यालरी हेर्नुहोस्

SUBSCRIBE 👉