यस्तो छ मलेसियामा आयोजित नेफ्टा अवार्डको नालीबेली


reecha-sharmaग्ल्यामर नेपाल, काठमाडौं । मलेसियामा सम्पन्न छैटौं नेफ्टा अवार्डमा आर्यन सिग्देल र ऋचा शर्माले उत्कृष्ट अभिनेता/अभिनेत्रीको अर्वाड जितेका छन्। ‘मेरो लभ स्टोरी’ फिल्मबाट आर्यन र ऋचा उत्कृष्ट घोषित भएका हुन्। शुक्रबार मलेसियामा सम्पन्न अवार्डमा फिल्म ‘काठमाण्डू’ले उत्कृष्ट फिल्मको अर्वाड हात पारेको छ। सोही फिल्मका निर्देशक आकाश अधिकारीले उत्कृष्ट निर्देशकको अवार्ड सुरक्षित पारे।

फिल्म ‘फेसबुक’बाट अभिनेत्री झरना थापाले उत्कृष्ट खलपात्रको अवार्ड पाइन् भने ‘सायद’बाट संयम पुरी र ‘अन्दाज’बाट सविन श्रेष्ठलाई नव अभिनेताको अवार्ड प्रदान गरियो । उत्कृष्ट पटकथाकार र नयाा निर्देशकको अवार्ड फिल्म ‘लुट’बाट निश्चल बस्नेतले पाए । नव अभिनेत्रीको अवार्ड ‘काठण्माडू’बाट प्राप्ती घिमिरेले र विल्सन विक्रम राई ‘सायद’ फिल्मबाट उत्कृष्ट हाँस्य कलाकारकाृ अर्वाड पाए ।

शिर्षक सापकोटाले ‘साथी म तिम्रो’बाट उत्कृष्ट बालकलाकार, ‘मायाज बार’बाट सुरेश अधिकारीले उत्कृष्ट संगीतकार, ‘मायाज बार’कै ‘सरसर…’ बोलको गीतबाट राजेश पायल राईले उत्कृष्ट पुरुषष गायक, ‘अन्दाज’ फिल्मको ‘सिम्पल सिम्पल कान्छीको’बाट माण्डवी त्रिपाठीले उत्कष्ट महिला गायकको अवार्ड पाइन् । उत्कृष्ट गीत रचनामा फिल्म ‘पल’बाट किरण खरेल र ‘पल’बाटै उत्कृष्ट कथाको अवार्ड कर्ण शाक्यलाई दिईयो।

nefta-awardत्यसैगरी, उत्कृष्ट पटकथाकारको अवार्ड ‘फकि आाऊ’ फिल्मबाट ओम प्रतीकले, उत्कृष्ट छाायाकारको ‘मेरो लभ स्टोरी’ बाट राजेश श्रेेष्ठले, यसैफिल्मबाट उत्कृष्ट श्रंृगारको अवार्ड सरोज पाण्डेले पाए । ‘रावण’बाट चन्द्र पन्तले उत्कृष्ट द्धन्द्ध निर्देशकको अवार्ड, ‘मालतीको भट्टी’बाट रेनशा राईले उत्कृष्ट नृत्य निर्देशक र ‘के यो माया हो’बाट नीलिमा शर्माले उत्कृष्ट कस्ट्युम डिजाइनर अवार्ड जितेका छन । उत्कृष्ट संगीत संयोजनको अवार्ड ‘अन्दाज’ फिल्मका लागि महाराज थापालाई दिइएको छ । उत्कृष्ट ब्याकग्राउन्ड स्कोररको अवार्ड ‘मायाज बार’बाट एलिश कार्कीले हात पारे भने उत्कृष्ट कला निर्देशकको अवार्ड ‘मसान’ फिल्मबाट निर्जल श्रेेष्ठले जिते । उत्कृष्ट सम्पादनको अवार्ड ‘लुट’बाट सुरेन्द्र पौडेलले, सौगात मल्लले ‘लुट’बाट पपुलर कलाकारको अवार्ड र ‘सायद’ निर्देशक सुरज सुब्बा नाल्बोले जुरी अवार्ड पाएका छन्।

क्वालालम्पुरको सेतियो सिटि कन्भेन्समा सम्पन्न अवार्ड समारोहमा वरिष्ठ कलाकार नीर शाहलाई अभिनय शिरोमणीको उपाधी दिइएको छ । अवार्ड कार्यक्रमाा झन्डै एक दर्जन कलाकारले नृत्य प्रस्तुत गरेका थिए । नृत्य निर्देशकद्ध गोविन्द राई र कमल राईले महिनौं लगाएर कलाकारलाई नृत्यको प्रशिक्षण्िा दिएका थिए । अभिनेत्री निरुता सिंहबाट सुरु भएको नृत्य प्रस्तुती सञ्चारकर्मीद्धय बिजय आवाज र सुमन गैरेको साथमा अभिनेत्री बेनिशा हमालबाट समापन भएको थियो ।

कार्यक्रममा गजित बिष्ठ, नन्दिता केसी, हषकिर्ा श्रेष्ठ, नीलिमा शर्मा, गौरव पहारी, सविन श्रेष्ठ, झरना थापा, यशराज गरच, नीता ढुंगाना, सौजन्य सुब्बा लगायतले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने गायक राजेश पायल राईले गीत गाएर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । सञ्चारकर्मी नरेश भट्टराई, अभिनेत्री ऋचा शर्मा र सञ्चारकर्मी तथा कमेडी भिजे संदीप क्षेत्रीले सञ्चालन गरेको उक्त अवार्ड समारोहमा अभिनेता राजेश हमालले निर शाहको बयान गर्दै आफ्ना फिल्मका डाईलग सुनाएका थिए ।

चैत १४ गते प्रदर्शन हुने फिल्म ‘नोभेम्वर रेन’ को टिचर तथा गीत पनि अवार्डमा सार्वजनिक गरिएको थियो । फस्ट लुक रिलिज गर्न निर्देशक, कलाकार तथा निर्माता मलेसिया आएका थिए ।

SUBSCRIBE 👉