अष्ट्रेलियामा राजवल्लभ र मलिनाको ‘ऋतु’


rajballav-koirala-and-malina-joshi-nepali-movie-reetuग्ल्यामर नेपाल, काठमाडौं । स्वदेशमा व्यापार खस्किँदै गएपछि फिल्म निर्माताहरु ओभरसिज मार्केटबाट लगानी रिकभर गर्न लागिपरेका छन्। यसैक्रममा अपिल विष्टले निर्माण गरेको ‘ऋतु’पनि नेपाल रिलिजको अघिल्लो दिन अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ। आउँदो फागुन २३ गते (मार्च ७)मा नेपाली पर्दामा प्रदर्शन हुने यो फिल्म त्यसको अघिल्लो दिन अर्थात मार्च ६ मा अष्ट्रेलियामा प्रदर्शन गरिन लागिएको हो। अष्टेलियाको इभेन्ट्स सिनेमाजको गोल्ड क्लासमा राजवल्लभ कोइराला र मनिला जोशीको रोमान्स देख्न पाइने भएको हो। जसको व्यवस्थापनको जिम्मा सिड्नी एनआरएनले लिएको छ।

गोल्ड क्लास शोमा एनआरएन अध्यक्ष शेष घलेसहितका विशिष्ट व्यक्तित्वहरुले ‘ऋतु’ हेर्ने बताइएको छ । अस्ट्रेलियाका अन्य सहरमा पनि फिल्म प्रदर्शनको तयारी भएको छ। फिल्मको अधिकांश भाग अस्ट्रेलियामै खिचिएको छ। निर्माता विष्टका अनुसार अमेरिका, बेल्जियम, स्पेन, पोर्चुगललगाएतका देशहरुमा यो फिल्म रिलिज गर्ने निधो भइसकेको छ भने भारत, लण्डन, कोरिया र इजरायलमा ‘ऋतु’ को प्रदर्शन अधिकार बिक्रीबारे छलफल भइरहेको छ। निर्माण पक्षले ओभरसिज मार्केटलाई लगानी उठाउने दरिलो माध्यमको रुपमा प्रयोग गर्ने तयारी गरेको छ। मनोज अधिकारी निर्देशित ‘ऋतु’मा राजवल्लभ र मलिनासहित रिमा विश्वकर्माको पनि अभिनय रहेको छ।

SUBSCRIBE 👉