नेतालाई झकझक्याउँदै कलाकार


Kalakar-Teamग्ल्यामर नेपाल, काठमाडौं ।
गायक सुमन श्रेष्ठले आफ्नो दोस्रो एल्बम ‘दृश्य’मा देशका नेताहरुलाई देश बनाउने काममा सक्रिय हुन आग्रह गर्दै ‘बुझेर भित्री व्यथाहरु, गरी देउ काम नेताहरु’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । भिडियोका निर्देशक केदार धिताल हुन् ।

गायक श्रेष्ठले नीति निर्माण र कार्यान्वयन तहका नेताहरुलाई देश र जनताको व्यथा बुझ्न आग्रह गर्दै गीत बनाएको बताए । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोमा सुरविर पण्डित, पल शाह, लक्ष्मी बस्नेत, दिव्य सुवेदी, सुरेश कार्की, ह्यारी योञ्जन, दुर्गेस थापा, राजा राजेन्द्रलगायतले अभिनय गरेका छन् । गीतमा सुमनकै शब्द छ भने संगीत वीपी वाग्लेको रहेको छ ।

भिडियोका सम्पादक निशान घिमिरे हुन् । निर्देशक धितालले पनि भिडियोलाई गीतको मर्म अनुसार बनाएको दाबी गरे ।

SUBSCRIBE 👉