एक्सन कमेडी आरोपको मुहुर्त


Aarop-Movieग्ल्यामर नेपाल, काठमाडौं ।
दिलासा क्रिएसन प्रालिको व्यानरमा निर्माण हुन लागेको फिल्म ‘आरोप’को सोमबार राजधानीको भद्रकाली मन्दिरमा मुहुर्त गरिएको छ । लक्ष्मण सुवेदीको स्क्रिप्टमा बन्न लागेको फिल्मका निर्देशक अमर ओली हुन् ।

दिनेश पाठक र बिजय सापकोटा निर्माता रहेको फिल्ममा किशोर खतिवडा, सञ्चिता लुईटेल, सुशील पोखरेल, रश्मी भट्ट, ऋचा थापा, राजन गहतराज, उद्धव गिरी, दिपीका ढकाल, भुमेश्वर भट्टराईलगायतको अभिनय रहनेछ । मंगलबारबाट छायांकनमा जाने फिल्म नवलपरासी, चितवन र काठमाडौंका विभिन्न स्थानमा खिचिनेछ । कमेडी र एक्सन फ्लेबरको फिल्म बन्ने निर्देशक ओलीले बताए ।

Aarop-Movie-One

फिल्ममा वीरेन्द्र भट्टको छायांकन, सानुकुमार महर्जनको द्वन्द्व, विकास÷गणेश चौधरीको संगीत, शंकर अधिकारी ‘घायल’को गीत रहनेछ । निर्देशक अमरले यसअघि ‘धर्तीपुत्र’ र ‘वे टु इन्जुरी’ नामक फिल्मको निर्देशन गरेका थिए ।

SUBSCRIBE 👉