कन्काईष्टको विरासत सार्वजनिक


Birasatग्ल्यामर नेपाल, काठमाडौ ।
नौ बर्षको अन्तराल पछि कन्काईष्ट राई आफ्नो तेस्रो एल्बम ‘विरासत’ लिएर दर्शक तथा श्रोता माझ आएका छन् । एल्बमको सोमबार राजधानीस्थित मण्डला थिएटरमा एक कार्यक्रमको आयोजना गर्दै गायक राईले आफ्नो तेस्रो एल्बमको बिमोचन गरे। कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ गायक दीप श्रेष्ठले गायक राईलाई अब उपरान्त संगीत क्षेत्रमा यतिको लामो समयसम्म बिश्राम नलिन आग्रह गरे ।

कार्यक्रममा गीतकार भुपाल राईले कन्काईष्ट प्रतिभावान भए पनि उसलाई यस क्षेत्रमा निरन्तर लागिरहने हौसला मिडियाले दिनुपर्नेमा जोड दिए । उनले विरासतले दर्शक तथा श्रोताको मन जित्नेमा आफु विश्वस्त रहेको समेत प्रस्ट्याए ।

भि रेकर्ड्स प्रा लिले बजारमा ल्याएको एल्बममा तिमीले माया लाउदा, माछिलाई उतिबेलै, एउटा जीवन , पल पल यो जिन्दगी , ईलामको डाडा बोलको ५ गीत समावेश छन् । यसमा भुपालसंगै राजन राई , महेन्द्र राई , रमेश बहादुर थापा, पुष्प नाथ शर्मा लगायतको शब्द रहेको छ । एल्बममा राजनराज शिवाकोटी, डाक्टर किरात र स्वयम् गायक कन्काईष्टले संगीत दिएका छन्।

कार्यक्रममा तिमीले माया लाउदा बोलको गीतको भिडियो पनि देखाइएको थियो । भिडियोमा गम्भीर बिष्ट र निष्मा घिमिरेको अभिनय रहेको छ भने यसलाई सञ्चारकर्मी सुरज सिंह ठकुरीले निर्देशन गरेका हुन् ।

SUBSCRIBE 👉