कल्याणकोषलाई माइ प्रमिसको सहयोग


Actress-Keki-Adhikariग्ल्यामर नेपाल, काठमाडौं ।
चलचित्र पत्रकार संघको कल्याणकोषका लागि फिल्म ‘माइ प्रमिस’ले आर्थिक सहयोग गरेको छ । आगामी पुष १८ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको सुरज सुब्बा ‘नाल्बो’ निर्देशित फिल्मले चलचित्र पत्रकार कल्याण कोषलाई ७ हजार १ सय रुपैंयाँ सहयोग गरेको हो ।

फिल्मले हालै राजधानीमा आयोजना गरेको कार्यक्रममा फिल्मका अभिनेता तथा निर्माता रमेशचन्द्र राई र निर्देशक नाल्बोले संघका अध्यक्ष शान्तिप्रियलाई उक्त रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा निर्देशक नाल्बो, निर्माता तथा अभिनेता राई, कलाकार विल्सनविक्रम राई, संगीतकार महेश खड्कालगायतले फिल्मको बारेमा बोलेका थिए । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले फिल्मको सफलताको कामना गरेका थिए ।

टीआरएनजी प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा टंक लिम्बुको समेत लगानी रहेको छ । फिल्ममा नरकुमार लिम्बु, केकी अधिकारी, अनुराग कुँवर, मार्टिन खान लगायतका कलाकारहरुको अभिनय रहेको छ । विदेशमा रहेका नेपाली लाहुरेको कथा समेटिएको फिल्मलाई सेन्सर बोर्डले ‘पिजी’ सर्टिफिकेट दिइसकेको छ । फिल्मलाई बनिश शाह ले सम्पादन गरेका हुन भने महेश खडकाको सँगीत, रोशन श्रेष्ठको द्वन्द्व तथा गोविन्द राईको नृत्य रहेको छ ।

SUBSCRIBE 👉