८ वर्षिय निर्देशक सौगातको फिल्म प्रिमिएर सोमा दर्शकका आँखा रसायो


ग्ल्यामर नेपाल, काठमाडौँ ।
शुक्रवार बाट नेपाल रिलिजको तयारीमा रहेको फिल्म ‘लव यू बाबा’को राजधानीमा प्रिमियर गरिएको छ। ८ बर्षिय निर्देशक सौगात विष्टले फिल्म सुरु हुनु अगाडी “फिल्म मन परे अङ्कल अन्टीहरुलाई पनि भन्नुहोस्, मन नपरे मलाई भन्नुहोस, आगामी प्रोजेक्टहरुमा मेरो गल्तिहरुलाई सुधार्दै लानेछु” भन्दै आग्रह गरे। नपत्यौदो तवरले आफ्नो क्षेमता देखाएका आठ बर्षिय सौगातको काम देखेर फिल्म हेरीसकेपछि प्रिमिएर सोमा उपस्थित सबै उनको तारिफ गर्न मस्त थिए।gajit-bista-saugat-bista

गजित विष्ट, निर्मल शर्मा, संगम बिस्ट, निश्मा घिमिरे लगायतका कलाकारहरुले अभिनय रहेको छ। फिल्ममा पत्रकार सुब्रत आचार्य, नायिका आशिष्मा नकर्मी र नायिका अनु शाह अतिथी भुमीकामा देखिएका छन्। फिल्मले आमा नभएकी बालिकालाई आमाको मायाको अभाव हुन नदिन बाबाले गरेको संघर्षिक पलहरुलाई निकै मार्मिक ढंगले प्रस्तुत गरेको छ। वियोगान्त शैलीको यो फिल्म हेर्दा आँखा नरसाएका दर्शक कोहि थिएनन होला।Actress-Ashishma-Nakarmi-Director-Saugat-Bista

फिल्मको कथा फिल्म का नायक गजित बिस्टले लेखेका हुन्। फिल्ममा गम्भीर बिस्टको पटकथा तथा संवाद रहेको छ।  दिव्यराज सुबेदीले खिचेको फिल्म मा  प्रितम पाण्डेको सम्पादन, सत्य-स्वरूप, डेनी निरौला, दिपक शर्मा र प्रदिप बास्तोलाको संगीत रहेको छ भने कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाले गीत लेखेका छन्। फिल्मको कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय हुन्।

SUBSCRIBE 👉