देव र फ्रिडाको टुट्यो प्रेम


Frieda-Devहलिउड फिल्म स्लमडग मिलेनियर जोडी फ्रिडा पिन्टो र देव पटेलले आफ्नो ६ वर्षे प्रेम सम्बन्धलाई तोडेका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार स्लमडग मिलेनियरको समयदेखि उनीहरुको मौलाएको प्रेम हाल आएर टुंगिएको हो ।

उनीहरुको ब्रेकअप के कारणले भएको हो भन्ने आधिकारिक कारण नखुले पनि फ्रिडाले एक्लै बस्ने चाहना राखेपछि उनीहरुको सम्बन्धमा दरार आएको बताइएको छ । उमेरको हिसाबले फ्रिडा देव भन्दा ६ वर्ष जेठी हुन् । उनीहरुले आफुलाई मिल्ने साथीको रुपमा मिडिया सामू बताईरहे पनि उनीहरुको रोमान्सको समाचार पनि बाहिर सँगसँगै आइरहन्थ्यो ।

गत अक्टोबरमा फ्रिडा आफ्नो जन्मदिनमा सिद्धार्थ माल्यासँग भेटिएकी थिईन् । जुन तस्वीर उनले इष्टाग्राममार्फत सार्वजनिक गरेकी थिईन् ।

SUBSCRIBE 👉