छायाँमा छ एकान छ हिरोइन


Nitra-Dhungana_Photo_Kamal-Shrestha
फिल्म ६ एकान ६ को सफलता हिरोइन नीता ढुंगानाका लागि ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात्’ भनेझैँ भएको छ। जबकि, उनलाई पर्दामा ६ जना हिरोकी एक्ली हिरोइनका रूपमा देख्न सकिन्छ। सोलो हिरोइन भएपछि आफू आकर्षणको केन्द्रमा रहनेमा उनी ढुक्क थिइन्। तर, दुःखको कुरा, फिल्मको सफलताको जस हिरोहरूले मात्र पाएका छन्। ६ जना चर्चित हास्यकलाकारले गर्दा उनी छायाँमा परनि्।

दर्शकहरूले पनि उनको भन्दा हिरोहरूको अभिनय मन पराएका छन्। त्यसमाथि फिल्मकी निमात्री तथा मुख्य सहायक निर्देशक दीपाश्री निरौलासँग ठाकठुक परेपछि उनले फिल्म टिमबाट अर्घेलो सहनुपरेको चर्चा चल्न थालेको छ। प्रमोसनमा नीतालाई वास्ता नगरएिबाटै यसको झल्को मिलेको थियो। अहिले फिल्म सफल भए पनि निर्माण पक्षले उनलाई वास्ता गर्न छाडेको छ। त्यसैले अचेल नीताको दिनचर्या साथीहरूसँग दुखेसो पोखेरै बितिरहेको छ। बिचरी नीता ! – नेपाल साप्ताहिक

SUBSCRIBE 👉